नियम १०
आयको अनुगमन गर्ने

(१) नियम ९ बमोजिम प्राप्त हुन आएको विवरणको सम्बन्धमा केन्द्रले देहाय बमोजिम अनुगमन गर्नेछः –
(क) सार्वजनिक पद धारण गरेको व्यक्तिले नियमित रुपमा सम्पत्ति विवरण पेश गरे वा नगरेको,
(ख) खण्ड (क) बमोजिम पेश भएको सम्पत्ति विवरण राख्न तोकिएको सरकारी कार्यालय, सार्वजनिक संस्था वा निकायले नियमित रुपमा त्यस्तो सम्पत्ति विवरण राखे वा नराखेको ।
(२) उपनियम (१) बमोजिम अनुगमन गर्दा सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले सम्पत्ति विवरण पेश गरेको नदेखिएमा केन्द्रले त्यस्तो व्यक्ति उपर ऐनको दफा ५० को उपदफा (३) बमोजिमको कारबाही गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष लेखी पठाउन सक्नेछ ।